जेठ ९, काठमाडौँ । एक नेपाली युवक जो यूएईको अबुधाबीमा कार्यरत छन उनले १० लाख दिरामको चिठ्ठा जितेका छन् ।
अबुधाबीको एक निजी कम्पनीमा मेसिन अपरेटरको काम गर्दै आएका एक नेपाली युवकले १० लाख दिरामको चिठ्ठा जितेका हुन्। यो उनले मासिक बुझ्दै आएको तलबभन्दा २५० गुणा बढी रकम हो।
उनले महजुज ड्रमार्फत् १० लाख दिरामको चिठ्ठा जितेको यूएईको द नेनल न्युज डटकमले जनाएको छ।
- न्युज बहार संवाददाता