Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अमेरिकाको राष्ट्रपतिलाई धम्की दिँदै आएका एक व्यक्ति एफबीआईको गोलीद्वारा मारिए ।

  •   ३ वर्ष अघि | २५ साउन २०८०, बिहिबार

साउन २५, काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमार्फत् अमेरिकी राष्ट्रपति जो बाइडनलाई धम्की दिँदै आएका एक व्यक्तिलाई एफबीआईको टोलीले गोली हानेर मारेको छ ।

अमेरिकाको गुप्तचर निकाय एफबीआईको टोलीले बाइडेन युटाह राज्यको भ्रमणमा जानुभन्दा केही घण्टा अगाडि क्रेग रोबर्टसन नामका व्यक्तिलाई युटाहस्थित उनकै घरमा गोली हानेर मारेको हो ।

उनीमाथि साल्ट लेक सिटीको दक्षिणमा पर्ने प्रोवो भन्ने स्थानमा रोबर्टसनकै घरमा गोली प्रहार भएको एफबीआईले उल्लेख गरेको छ।  

बीबीसीले एफबीआईको टोली उनलाई पक्रन गएको बेला गोली चलेको जनाएको छ । यस घटनाबारे अन्य थप विवरणहरु सार्वजनिक भएको छैन ।

  • न्युज बहार संवाददाता

थप