Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

जापानको बस दुर्घटनामा परि २ नेपालीको मृत्यु।

  •   ३ वर्ष अघि | ३ जेष्ठ २०८०, बुधबार

जेठ ३, काठमाडौँ। जापानमा दुई जना नेपालीको मृत्यु भएको छ। नेपालबाट जापानमा पढ्न गएका दुई जना नेपाली विद्यार्थीको सवारी दुर्घटनामा परी मृत्यु भएको जापान टाइम्सले जनाएको छ।

जापानको मियागी प्रान्तमा मंगलबार राति रोकिराखेको बसलाई एक ट्रकले अचानक ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो।

दुर्घटना स्थानीय समयअनुसार गएराति ८ : ३० बजे भएको थियो। बसमा ३९ जना नेपाली विद्यार्थी र एक जना बंगलादेशी विद्यार्थी सवार रहेका थिए। सबै विद्यार्थीहरु उनीहरू पार्टटाइम कामका लागि इवातेको इचिनोसेकी तिर  जाँदै थिए।

दुर्घटनामा मृत्यु भएका नेपाली विद्यार्थीको परिचय भने खुलिसकेको छैन। 

  • न्युज बहार संवाददाता

थप