माघ ७,
काठमाडौँ । चीनको छात्रावासमा आगलागी भएको
छ । चिनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा आगलागी भएको हो । चीनको
आधिकारिक समाचार संस्था सिन्ह्वाका अनुसार आगलागीमा १३ जना बालबालिकाको मृत्यु
भएको छ ।
समाचार
संस्थाका अनुसार शुक्रबार राति हेनान प्रान्तको यान्सापु गाउँमा रहेको यिङ्साई
विद्यालयमा आगलागी भएको हो । आगलागीपछी विद्यालय सञ्चालकलाई पक्राउ गरी
घटनाको अनुसन्धान सुरु गरिएको छ ।
एक
शिक्षकले सरकारी अखबार हेबेई डेलीलाई दिएको जानकारी अनुसार मृत्यु हुनेहरू सबै
तेस्रो कक्षाका विद्यार्थीहरु रहेका छन भने आगलागी हुँदा छात्रावासमा ३०
जना विद्यार्थी थिए रहेकोमा बाँकी विद्यार्थीलाई सकुशल बाहिर निकालिएको छ ।
- न्युज बहार संवाददाता