Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

शनिबार इजरायलमा भएको आतंकवादी हमलामा १० जना नेपालीको मृत्यु

  •   ३ वर्ष अघि | २१ असोज २०८०, आइतवार

असोज २१, काठमाडौँ । शनिबार इजरायलमा भएको आतंकवादी हमलामा १० जना नेपालीको मृत्यु भएको छ । प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी इजरायलको दक्षिणी क्षेत्र किवुज  अलुमिम भन्ने स्थानमा १०जना नेपालीको मृत्यु भएको पुष्टी भएको हो ।

यो आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको इजरायली अधिकारीहरुले बताएका छन।

इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले घाइते भएका १० जना नेपालीको मृत्यु भएको पुष्टी गरेकी छन ।

मृतक १० जनाको शव नेपाल पठाउने व्यवस्थापन मिलाइएको र बाँकी घाइते तथा बंकरमा लुकेर बसेकाहरुलाई चाँडोभन्दा चाँडो उद्दार गर्न प्रयासमा रहेको राजदूत कान्ता रिजालले  बताएकी छिन ।


  • न्युज बहार संवाददाता

थप