Breaking News
गृहमन्त्री लामिछानेले लगाए सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप    ||     १० जना शेर्पाको टोली एकै पटक सगरमाथा चुचुरोमा    ||     आज यी प्रदेशमा हुँदैछ मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा    ||     पर्यटन प्रवद्र्धनका लागि सोलुखुम्बु जिल्लाको दूधकोशीमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने    ||     आज के भयो सुन र चाँदीको भाउ?    ||     राजमार्गको छेउमा साना छाप्राबाट दैनिक १५-२० क्विन्टल तर्बुजा बिक्री    ||     नेपाली समाज धेरै बदलिएको छैन, यसलाई बदल्नुपर्नेछ र त्यसको आधार फिल्म बोक्सीको घरले दिएको छ : गगन थापा    ||     आज अमेरीमी डलरको मुल्य घट्यो कि बढ्यो?    ||     लखनउ सुपर जाइन्ट्स विरुद्ध सनराइजर्स हैदरावाद१० विकेटले विजयी    ||     आजपनि देशका विभिन्न स्थानमा वर्षा हुने    ||    

शुक्रबारको मौसम : पाँच प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना

  •   २ हप्ता अघि | १४ बैशाख २०८१, शुक्रबार

बैशाख १४, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हाल कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।

आज शुक्रबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेश  र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू साथै कर्णाली प्रदेश, गण्डकी प्रदेश,कोशी प्रदेशबागमती प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर मौसम सफा रहने छ भने गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा छिटपुट देखि हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको  महाशाखाले जनाकारी दिएको छ ।

  • न्युज बहार संवाददाता

थप