पुस १९, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव
रहेको छ । यसको प्रभावले हाल गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश
र कोशी प्रदेशमा आंशिक बदली रही
बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज बिहिबार
दिउँसो सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश
र कोशी प्रदेशको
पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा
रहनेछ भने गण्डकी प्रदेश र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको
सम्भावना रहेको छ।
त्यसैगरी
आज राति गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी
भूभागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेश र कोशी प्रदेशको उच्च पहाडी तथा
हिमाली भूभागको एक–दुई
स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ।
- न्युज बहार संवाददाता