मंसिर
३०, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको
आंशिक प्रभाव रहेको छ। यसको प्रभावले आज शनिबार सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र लगायत देशको
पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
आज गण्डकी
प्रदेश र कर्णाली प्रदेशको हिमाली तथा उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का
हिमपातको सम्भावना रहेको छ। चिसो बढ्दै गएपछी
महाशाखाले
चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।
- न्युज बहार संवाददाता