साउन १८, पोखरा । पर्यटकिय नगरी पोखरामा यती एअरलाइन्सद्वारा प्रायोजित विशेष सबटाइटल 'वुमन विथ द विङ्गस' को प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
२६ जना
प्रतिस्पर्धीहरूले प्रस्तुतिको शैली, आत्मविश्वास, विचारशीलता र प्रेरणादायक
व्यक्तित्वका आधारमा सम्पन्न प्रतियोगितामा उनिहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका
थिए।
यती एअरलाइन्सले
'वुमन विथ
द विङ्गस' सबटाइटल आत्मविश्वासी, सक्षम र प्रेरणादायी महिलाको
पहिचानका लागि प्रदान गर्ने सम्मान हो।
यती
एयरलाइन्सले यस उपाधिको माध्यमबाट महिलाको सशक्तीकरण, नेतृत्व क्षमता र समावेशी
भूमिकालाई प्रोत्साहन गर्दै आइरहेको छ।
प्रतियोगितामा
सहभागी युवतीहरूले व्यक्तिगत अनुभव, सामाजिक सोच र भविष्यप्रति
आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै सशक्त रूपमा अभिव्यक्ति दिएका थिए।
- न्युज बहार संवाददाता