Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल कहिले र कहाँ हुदैछ?

  •   २ वर्ष अघि | २५ मंसिर २०८१, मङ्लबार

मंसिर २५, काठमाडौँ । यही डिसेम्बर २४ अर्थात पुस ९ गतेदेखि नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल हुने भएको छ  । हट एयर बेलुन फेस्टिभल पर्यटकीय राजधानी पोखरामा सुरू हुनेछ ।

पोखराको पामे फाँटमा बेलुन नेपाल प्रालिको आयोजनामा हुन लागेको फेस्टिभलमा नेपालसहित २० देशका व्यावसायिक बेलुन कम्पनीको सहभागिता रहने जनाइएको छ ।

फेस्टिभलका इन्टरनेसनल संयोजक रोबर्ट विकका अनुसार क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर हुन लागेको फेस्टिभल सन् २०२५ को पहिलो दिन १ जनवरीसम्म चल्ने छ ।

आयोजक कम्पनीका प्रबन्ध निर्देशक एवं फेस्टिभल संयोजक सविन महर्जनले यस महोत्सव पामे क्षेत्रको लौरूकदेखि चङ्खपुरसम्म तीन किलोमिटर क्षेत्रमा आयोजना हुनेछ भने फेस्टिभलमा लिथुनिया, अमेरिका, स्पेन, भियतनाम, थाइल्याण्ड लगायत मुलुकका कम्पनीले भाग लिने बताएका छन ।

यस बाहेक फेस्टिभलमा हरेक दिन फुड स्टल, सांगीतिक कार्यक्रम, मेला र अन्य खेल समेत हुने जनाइएको छ ।

 

  • न्युज बहार संवाददाता

थप