Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

उदयपुरमा दुई दिने होमस्टे सम्मेलन हुने

  •   २ वर्ष अघि | २७ फाल्गुन २०८०, आइतवार

फागुन २७, विराटनगर । उदयपुरमा दुई दिने होमस्टे सम्मेलन हुने प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । प्रदशेमै पहिलोपटक होमस्टे सम्मेलन हुन लागेको हो भने यसको आयोजना पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन प्रवद्र्धन शाखाले गर्ने भएको छ ।  

उदयपुरको त्रियुगा नगरपालिका८ राजाबासस्थित दनुवार सामुदायिक भवनमा फागुन २९ गते र ३० गते होमस्टे सम्मेलन हुन लागेको हो । पर्यटन प्रवर्द्धन शाखाका अधिकृत हेमराज अर्यालका अनुसार होमस्टे सम्मेलनको तयारी तीव्र पारिएको छ ।

सम्मेलनमा प्रदेशभरिका एक सय पाँचवटा निजी तथा सामुदायिक होमस्टेका प्रतिनिधिहरू सहभागी हुने अर्यालले जनाएका छन । अधिकृत अर्यालका अनुसार होमस्टे सम्मेलनमा आफ्ना मौलिक खानाको प्रवर्द्धन गर्न मिल्ने गरी १३ वटा स्टलसमेत तयार पारिएको छ । 

  • न्युज बहार संवाददाता

थप