माघ २, काठमाडौँ। चार जहाजमध्ये नेपाल
वायुसेवा निगम(नेपाल एरलाइन्स)का अन्तर्राष्ट्रिय उडानका दुई जहाज प्राविधिक
समस्स्याका कारण ग्राउन्डेड भएका छन् । यसरी दुई जहाज ग्राउन्डेड हुँदा सयौँ यात्रुको यात्रा
प्रभावित बन्न पुगेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमको दर्ता नम्बर
९एन–एएलजेड
ए३३० सिरिजको वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नु
परेको हो ।
उनका
अनुसार जाहाज हिजो राति दोहा उड्नुपर्ने थियो तर जहाजको उडान रोकियो, रोकिएका यात्रुलाई आज साँझ ७: ४५
बजेको उडानबाट दोहा लैजाने गरी तयारी गरिरहेको छ
।
सकेसम्म
पूर्वनिर्धारित उडान रद्द नगर्ने गरी योजना बनाएको बताउँदै उनले भने ‘जहाजहरू ग्राउन्डेड हुँदा उडानहरू
केही समय डिले हुने छन्।’
त्यस्तै निगमको
एउटा न्यारोबडी जहाज मर्मतका लागि इजरायल पठाइएको छ ।
- न्युज बहार संवाददाता