असार
२६, काठमाडौँ। मनाङ एयर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव काठमाडौँ ल्याइने भएको
छ। दुई वटा हेलिकप्टर परिचालन गरी मृत्यु भएकाहरुको शव काठमाडौँ ल्याइने भएको हो।
आज मंगलबार सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लामजुरा डाँडामा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। मृतकको शव लिन अल्टिच्युड एयरका दुई वटा हेलिकप्टर परिचालन गरिएको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोला भने ‘एक जनाको शव थिचिएको अवस्थामा फेला परेको र बाँकी ५ जनाको शव बाहिरै फेला परेको छ, अल्टिच्युडका हेलिकप्टर आएका छन्, त्यसमा राखेर शव लग्ने कोशिस भइरहेको छ।’
पानी परिरहेकाले शव पठाउन केही समय लाग्ने उनले बताए।
- न्युज बहार संवाददाता