Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

निर्माणाधीन मिनी ग्रेटवालले थप आकर्षक बन्दै तुवाचुङ–जायजुम पदमार्ग

  •   २ वर्ष अघि | २७ माघ २०८१, आइतवार

माघ २७, खोटाङ । खोटाङ जिल्लाको तुवाचुङ–जायजुममा निर्माण गरिएको पदमार्ग अहिले पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । यो पदमार्ग हलेसी तुवाचुङ नगरपालिका–७ मा अवस्थीत छ ।  कङ्क्रिट प्रयोग नगरी यस किरात ऐतिहासिकस्थल तुवाचुङ जायजुङमा चुनासुकीको पर्खाल निर्माण गरी पदमार्ग बनाइएको छ जसको लम्बाइ सात सय ३० मिटर लामो रहेको छ । 

यो पदमार्गको निर्माण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लगानीमा भएको हो । हलेसी तुवाचुङ नगरपालिकाले यस पदमार्गलाई ‘तुवाचुङ मिनी ग्रेटवाल’ नामकरण गरेको छ । तुवाचुङ–जायजङमा किरात समुदायको सभ्यताको उद्गमस्थल मानिन्छ । याहाँ मिनी ग्रेटवाल नामको पदमार्ग निर्माण गरिएपछी यो स्थान सुन्दर बन्दै गएको छ । 

यो पदमार्ग समुन्द्री सतहदेखि एक हजार आठ सय मिटर उचाइमा रहेको छ । भौगोलिक हिसाबले पनि तुवाचुङ–जायजुम आकर्षक रहेको छ । यहाँबाट हरेक बिहान बेलुका सूर्योदय र सूर्यास्तको दृश्य देख्न सकिन्छ ।

मौसम सफा भएर आकाश खुलेका दिन याहाँबाट उत्तरतिर पर्ने विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै उच्च हिमाली शृङ्खलाहरु टलक्क चाँदी झैँ टल्किएको देख्न सकिन्छ । यस ऐतिहासिक एवं पर्यटकीय स्थललाई याहाँ निर्माणाधीन मिनी ग्रेटवालले थप आकर्षक बनाएको छ  । 

थप