Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

खादामाला नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गर्यो सुचना जारी

  •   २ वर्ष अघि | २७ भदौ २०८१, बिहिबार

भदौ २७, काठमाडौँ । हवाई यात्रु तथा उनीहरूका आफन्तलाई लक्षित गरी खादामाला नल्याउन अपिल गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गरेको छ।

 

विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा हवाई यात्रुलाई परिवारका सदस्य तथा आफन्तले बिदाइ स्वरूप खादामाला लगाउने गरिएको छ।

कार्यालयले आज बिहीबार निकालेको अपिलमा भनिएको छ, ‘हवाई यात्रा गर्ने यात्रुले लगाएर आउने खादामाला वा झोलामा बाँधेर ल्याउने खादाले सुरक्षा जाँचका क्रममा विमानस्थलका सुरक्षा उपकरणहरूमा गम्भीर क्षति पुर्‍याइरहेको र यसले विमानस्थलको सौन्दर्यतामा पनि नकारात्मक असर पुगेको छ।

टर्मिनल भवन प्रवेश दौरान सुरक्षा जाँचका समयावधिभर खादामाला प्रयोग नगर्न कार्यालयले आग्रह गरेको छ। यात्रुले आफ्नो खादा माला लैजान चाहेको खण्डमा आफुले बोकेको झोलाभित्र राखेर लैजान सक्ने कार्यालयले जनाएको छ।

  • न्युज बहार संवाददाता

थप