Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

त्रिभुवन विमानस्थलले बनायो कीर्तिमान, एक दिनमा ११४ अन्तर्राष्ट्रिय उडान अवतरण

  •   ३ वर्ष अघि | ३० असोज २०८०, मङ्लबार

असोज ३०, काठमाडौँ । सोमबार नेपालको सबैभन्दा ठूलो तथा पुरानो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलले कीर्तिमान बनाएको छ ।

सोमबार एकै दिनमा विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ कुल ११४ उडान/अवतरण भएका छन् भने त्रिभुवन विमानस्थल कार्यालय अनुसार यो एक दिनमा भएको अहिलेसम्मकै धेरै उडान/अवतरण हो।

त्रिभुवन विमानस्थलले एक दिनमा १६ हजार ५०९ जना यात्रु व्यवस्थापन गरेको छ । अहिले नेपालमा चाडबाडको सिजन चलेको समय र साथमा पर्यटकीय मौसम समेत भएकोले एकै दिन यति धेरै यात्रुले विमानस्थलको प्रयोग गरेका छन भने विमानस्थलले यी यात्रुको व्यवस्थापनबाट नयाँ किर्तीमान बनाएको छ।

अहिले यो चाडबाड र पर्यटकीय मौसमको समयमा वायुसेवा कम्पनीहरुले उच्च चापमा उडान गरिरहेका छन् ।

अहिले आन्तरिकतर्फ समेत वायुसेवा कम्पनीहरुले एकतर्फी झण्डै शतप्रतिशत अक्कुपेन्सीमा उडान गरिरहेका छन्।

  • न्युज बहार संवाददाता

थप