असोज १०, काठमाडौँ । आज ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँने भएको छ । दिवसका अवसरमा पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अन्य पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका छन ।
यस वर्ष नेपालमा विश्व पर्यटन दिवसका लागी ‘पर्यटन र हरित लगानी’ भन्ने नारा तय गरिएको पर्यटन मन्त्रालयले जनाएको छ । पर्यटनमन्त्री सुदन किरातीको संयोजकत्वमा दिवस भव्यरूपमा मनाउन ४४औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ६ : ०० बजे पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई पर्यटनमन्त्रीले स्वागत गर्ने कार्यक्रम रहेको मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले बताएका छन ।
हरेक वर्ष सेप्टेम्बर २७ मा ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ नारासहित विश्व पर्यटन दिवस मनाइने गरिन्छ ।
- न्युज बहार संवाददाता