Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फागुन महिनाभर रेसुङ्गा विमानस्थलमा उडान नहुने

  •   २ वर्ष अघि | ११ फाल्गुन २०८१, आइतवार

फागुन ११, काठमाडौँ । फागुन महिनाभर रेसुङ्गा विमानस्थलमा उडान नहुने भएको छ। नेपाल एयरलाइन्सको सानो जहाजले विमानस्थलमा उडान भर्दै आएको थियो।

उडान भर्दै आएको जहाजमा समस्या देखिएकोले हाललाई उडान स्थगन भएको एयरलाइन्सका रेसुङ्गा कार्यालयका प्रमुख सुमन थापाले जनाएका छन ।  

नेपाल एयरलाइन्समा साना जहाज दुईवटा छन्।

थापाका अनुसार एउटा जहाज पहिले नै बिग्रिएको र बाँकी अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो।

बिग्रिएको जाहाज हाल मर्मतका लागि काठमाडौँमा रहेको छ । जहाज बन्नको लागि फागुनभर लग्ने र यो महिनाभर उडान हुने कुनै सम्भावना नरहेको उनले बताएका छन ।'

उनले विदेशबाट सामग्री ल्याएर बनाउनुपर्दा समय बढी लाग्ने बताएका छन ।

  • न्युज बहार संवाददाता

थप