Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

लालिगुराँसले वनपाखा र गाउँबस्ती नै झिलिमिली

  •   १ वर्ष अघि | १० चैत्र २०८१, आइतवार

चैत १०, गोरखा ।  बसन्त ऋतुको आगमनसँगै अहिले सबै तिर फुलहरु ठकमक्क फुलेको देख्न सकिन्छ । यो सिजन पहाडी क्षेत्रको वनपाखा लालीगुराँस फुल्ने सिजन पनि हो । अहिले पहाडी क्षेत्रको भिराला वन पाखामा राताम्मे भएर लालिगुराँस फुलेका छन ।

देशका पहाडी क्षेत्र लगायत काठमाडौँ उपत्यकाका वनपाखामा विभिन्न प्रजातिका रंगीविरंगी लालीगुराँसले वनपाखासँगै गाउँबस्ती नै झिलिमिली बनाएको छ । 

विभिन्न फरक रंगमा फुलेका लालिगुराँसले हरियो जंगललाई लाली लगाउने र सुन्दरता बढाएको छ । लालीगुराँसले रंगीविरंगी भएको वनपाखालाई नियाल्नका लागि अहिले लालिगुराँस फुलेका स्थानहरुमा पर्यटकहरूको आकर्षण बढ्न थालेको छ ।

पर्यटकहरूको आकर्षणको केन्द्र बनेको लालिगुराँस रातो, गुलाबी, सेता र पहेँला लगायत रंगमा फुल्ने गर्छन । दिन प्रति दिन वनपाखामा लालिगुराँसको आनन्दायी दृश्य हेर्नको लागि स्थानिय लगायत बाह्य पर्यटकको संख्या बढ्दै गएको स्थानिय स्थरले जनाएका छन । लालिगुराँसको मौसममा लालिगुराँस फुलेको हेर्नकै लागि नजिक देखि टाढा टाढा सम्मका पर्यटकहरु आउने जाने गर्छन । यसले केहि हदसम्म भएपनि पर्यटनलाई चलायमान बनाएको छ । 

  • न्युज बहार संवाददाता

थप