Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

डोल्पामा भेटिएको 'कुन्ख्येन फालक' ताल सबैभन्दा बढी उचाइमा रहेको दाबी

  •   ३ वर्ष अघि | २० भदौ २०८०, बुधबार

भदौ २०, काठमाडौँ । डोल्पा जिल्लाको डोल्पोबुद्ध गाउँपालिका-६ फालगाउँमा अवस्थित रहेको 'कुन्ख्येन फालक' ताल तिलिचोभन्दा बढी उचाइमा रहेको दाबी गरिएको छ।

गाउँपालिकाका जनप्रतिनिधिहरूले ताल निरीक्षण गरेपछि कुन्ख्येन फालक ताल सबैभन्दा अग्लो स्थानमा रहेको दाबी गरेका हुन्। डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेललाई उनीहरूले तालको नापजाँच गर्न आग्रह गरेका छन्।

ताल ५ हजार १९० मिटर उचाइमा रहेको जिपिएस ट्र्याकरबाट नाप्दा पाइएको गाउँपालिका उपाध्यक्ष पेमा धोर्चे गुरूङले बताएका छन । त्यसपछि उनीहरूले प्रशासनलाई उक्त ताल नेपालकै अग्लो स्थानमा रहेको र यसको नापजाँचका लागि भनेका हुन्।

हाल समुद्री सतहबाट नेपालकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल ४ हजार ९१९ मिटर माथि छ। उपाध्यक्ष गुरूङले कुन्ख्येन फालक तिलिचोभन्दा २७१ मिटर बढी अग्लो स्थानमा रहेको बताएका छन।

 

  • न्युज बहार संवाददाता

थप