Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध हट्यो

  •   २ वर्ष अघि | २९ साउन २०८१, मङ्लबार

साउन २९, काठमाडौँ । गृहमन्त्री रमेश लेखकको पहलपछि कोभिड–१९ का बेला तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध हटेको छ । नेपाल–भारत नाकामा उक्त अवरोध हटेपछि पर्यटक आवागमनमा सहज भएको छ ।

गृह मन्त्रालयको पदभार ग्रहण गरेपछि यही साउनको पहिलो साता गृहमन्त्री लेखकले भारतीय राजदूत नवीनकुमार श्रीवास्तवसँगको शिष्टाचार भेटमा भारतसित जोडिएका नाकाबाट भारत प्रवेश गर्न तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाउने विषयमा छलफल गरेका थिए ।

उक्त छलफलपछी भारतीय पक्षले साउनको दोस्रो सातादेखि अध्यागमन सेवाको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काएको थियो । गृह मन्त्रालयका अनुसार यसपछी झापादेखि कञ्चनपुरसम्मका नाकाबाट पर्यटक आवागमन सहज भएको छ ।

  • न्युज बहार संवाददाता

थप