बैशाख १२, काठमाडौं । नेपाल नागरिक उड्डयन
प्राधिकरणले सोमबार साँझ काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा चरा
ठोक्किएको विषय पुष्टि नभएको जनाएको छ ।
प्राधिकरणले विमानस्थलमा भौतिक कर्मचारीबाट गरिएको निरीक्षणबाट यसको पुष्टि हुन नसकेको उल्लेख गरेको हो।
यसअघि फ्लाइ दुबईले जहाजमा सम्भावित रुपमा चरा ठोक्किएको हुन सक्ने अनुमान गर्दै ट्वीट गरेको थियो ।
यता नेपाल नागरिक उड्डयन प्राधिरकणले मंगलबार यसको पुष्टि हुन नसकेको जनकारी दिएको छ।
जहाजमा समस्या आएपनि उक्त फ्लाई दुबईको जहाज सुरक्षित रुपमा दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा राति नै अवतरण भएको थियो।
- न्युज बहार संवाददाता