Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको उत्तरतर्फको विन्दु (टु-जिरो)बाट जाहाज अवतरणमा रोक

  •   ४ महिना अघि | १९ चैत्र २०८०, सोमवार

चैत १९, काठमाडौँ । आजदेखि काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको उत्तरतर्फको विन्दु (टु-जिरो)बाट जाहाज अवतरणमा रोक लगाइएको छ । आजदेखि तीन महिनासम्म जहाज अवतरणमा रोक लगाइएको भएपनि  उडान भने निरन्तर हुने जनाइएको छ ।

रेनवेको दक्षिणतर्फको विन्दु (जिरो-टु)बाट मात्र अब जाहाज अवतरण हुने छ । यही कारणले गर्दा अब केही दिन दक्षिण तर्फको रनवेमा केही चाप बढ्ने देखिएको छ ।

विमानस्थलको पूर्वाधार सुधारको क्रममा उत्तरतर्फ ट्याक्सी-वे निर्माण तथा विस्तारको काम भइरहेकाले आजदेखि बौद्धतर्फको टु-जिरो रनवेबाट जहाज अवतरण गर्न रोक लगाइएको जानकारी काठमाडौँ विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले दिएका छन । यसबाट धेरै पर्वतीय उडान र आन्तरिक उडान प्रभावित हुने देखिएको छ । तिवारीले यो रोक अनुमानित तीन महिनाका लागि भएको बताएका छन ।

 

  • न्युज बहार संवाददाता

थप