Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको उत्तरतर्फको विन्दु (टु-जिरो)बाट जाहाज अवतरणमा रोक

  •   २ वर्ष अघि | १९ चैत्र २०८०, सोमवार

चैत १९, काठमाडौँ । आजदेखि काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको उत्तरतर्फको विन्दु (टु-जिरो)बाट जाहाज अवतरणमा रोक लगाइएको छ । आजदेखि तीन महिनासम्म जहाज अवतरणमा रोक लगाइएको भएपनि  उडान भने निरन्तर हुने जनाइएको छ ।

रेनवेको दक्षिणतर्फको विन्दु (जिरो-टु)बाट मात्र अब जाहाज अवतरण हुने छ । यही कारणले गर्दा अब केही दिन दक्षिण तर्फको रनवेमा केही चाप बढ्ने देखिएको छ ।

विमानस्थलको पूर्वाधार सुधारको क्रममा उत्तरतर्फ ट्याक्सी-वे निर्माण तथा विस्तारको काम भइरहेकाले आजदेखि बौद्धतर्फको टु-जिरो रनवेबाट जहाज अवतरण गर्न रोक लगाइएको जानकारी काठमाडौँ विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले दिएका छन । यसबाट धेरै पर्वतीय उडान र आन्तरिक उडान प्रभावित हुने देखिएको छ । तिवारीले यो रोक अनुमानित तीन महिनाका लागि भएको बताएका छन ।

 

  • न्युज बहार संवाददाता

थप