कार्तिक
१२, जाजरकोट । सरकारसँग शे–फोक्सुण्डो
तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न आग्रह गरिइएको छ । स्थानीयको
भनाइ अनुसार सो तालसम्म पुग्नका लागि डोल्पाको सदरमुकाम नजिकै रहेको सुलिगाडबाट आवश्यक
पूर्वाधार निर्माण भएमा अझै यहाँ पर्यटक आगमन बढ्ने छ ।
अहिले मध्यपहाडी
लोकमार्ग हुँदै तथा जाजरकोट सदरमुकाम हुँदै आउने पर्यटक डोल्पाको सदरमुकामसम्म आएर
बास बसी अर्को दिन पैदल फोक्सुण्डो ताल पुग्ने गर्दछन् । आधा दर्जन काठको जीर्ण
पुलमार्फत ताल पुग्नका लागि सुलिगाड खोला तर्नुपर्ने बाध्यता रहेको छ । नलगाड
नगरपालिका–८ हल्चौरका
रामप्रसाद खत्रीका अनुसार जीर्ण रहेका ती काठका लाप्काबाट आवतजावत गर्दा
दुर्घटनाको सम्भावनासमेत हुने गरेको छ ।
शे–फोक्सुण्डो गाउँपालिका वडा नं ८
रिग्मोगाउँ नजिकै फोक्सुण्डो ताल रहेको छ । फोक्सुण्डो ताल समुद्री सतहबाट तीन हजार
छ सय मिटर उचाइमा रहेको छ । अङ्ग्रेजी वाई आकारमा फैलिएको यो ताल मौसमअनुसार दिनमा
पटक–पटक रङ
परिवर्तन गर्ने गरेको छ । यसको अर्को विशेषता भने यो ताल मानव अङ्ग फोक्सोजस्तो
पनि देखिन्छ ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, फोक्सुण्डो ताल, फोक्सुण्डो झरनालगायत माथिल्लो डोल्पा
सुलिगाडबाट माथि पैदलमार्ग प्रयोग गर्नुपर्ने हुन्छ । स्थानीयले कतै ठोसो, कतै काठेपुल, साँकु, कतै लाप्कु
लगायतका विभिन्न स्थानीय नाम
भन्ने गर्दछन् । यस्ता काठेपुलहरुले खोलानाला तर्न नसक्ने वृद्ध, महिला, बालबालिकाका लागि भनेर परापूर्वकालमा भेरिवा
वा खोलाको एक किनाराबाट अर्को किनारासम्म आवतजावत गर्न सजिलो बनाउँदै आएको छ।
काठेपुलले
नै यहाँ आउने सबै नागरिकलाई तालसम्म पुग्न सहयोग पुग्दै आएको छ । डोल्पाका अधिकांश
खोलानालामा झोलुङ्गे पुल निर्माण कार्य जारी रहे पनि सुलिगाडबाट फोक्सुण्डोसम्मको
पैदलमार्गमा काठे पुल नै तर्नु पर्ने हुन्छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई पदमार्गका
बीच–बीचमा
होटल तथा अन्य सुविधा भएमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सरोकारवालाहरु वर्षायाममा
केही काठेपुल तथा लाप्का भत्किएको र बाटामा समस्या आएका ठाउँमा मर्मत गरी सहजता
ल्याउन सके अझै सजिलो हुने बताउँछन् ।
- न्युज बहार संवाददाता