Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सफा हिमाल अभियान: नेपाली सेनाद्वारा आठ हजार किलो फोहोर र मानव शव सङ्कलन

  •   २ वर्ष अघि | ४ जेष्ठ २०८१, शुक्रबार

जेठ ४, काठमाडौँ । नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियानमा सहभागी टोलीले गत चैत २९ गतेबाट सगरमाथाको क्याम्प ४ बाट एक र ल्होत्से हिमालको शिखर नजिकबाट एक जनाको शव खोज निकालेको छ । 

सो क्षेत्रको लोलापास फेदी इलाकाबाट मानव अस्थिपञ्जर सङ्कलन गरिएको हो । नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त मानव अस्थिपञ्जरलाई आज हवाई साधनमार्फत त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइनेछ ।

सोही अभियानका दौरान निर्देशनालयले हालसम्म आठ हजार ६२० किलो फोहर सङ्कलन गरिएको र त्यसमध्ये दुई सय ५० किलो कुहिने फोहर सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरेको आज जानकारी दिएको छ । 

जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले सेनाले सफा हिमाल अभियान सञ्चालन गर्दै आइरहेको छ ।

  • न्युज बहार संवाददाता

थप