चैत
९, गोरखा। दुई जना नेपालीहरु गोरखाको लार्केपासका लागि जाँदै गर्दा हिउँमा फसेपछि उनिहरुको उद्धार गरिएको छ।
सामागाउँ
प्रहरी र स्थानीय बासिन्दाले हिउँमा फसेको जानकारी पाएपछि आज बिहान उद्धार गरिएको
हो।
सौरभ
खनाल र अनिता घलेलाई उद्धार गरेर धर्मशालासम्म ल्याइएको छ।
उनिहरु नवलपुरका
हुन्।
जिल्ला
प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले हिउँमा फसेको
जानकारी पाएपछि प्रहरी र स्थानीयको सहयोगमा उहाँहरूलाई उद्धार गरिएको बताएका छन्।
उनले भने ‘उहाँहरूलाई
हेलिकप्टर मार्फत ल्याउन प्रमुख जिल्ला अधिकारीबाट पहल भइरहेको छ।’
बुधबार उनीहरू
हिउँमा फसेको जानकारी आएको थियो। लगत्तै प्रहरीहरू त्यसतर्फ गएर उद्धार गरेको उनले
बताए। उनिहरुको अवस्था सामान्य रहेको छ।
एक
पर्यटक गाइडले उनीहरू हिउँमा फसेको जानकारी प्रहरीलाई दिएका थिए।
- न्युज बहार संवाददाता