Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सगरमाथा क्षेत्रको नियमित हेलिकप्टर उडान डेढ महिनादेखि बन्द

  •   २ वर्ष अघि | १ फाल्गुन २०८१, बिहिबार

फागुन १, काठमाडौँ । केही समय अघिदेखि सगरमाथा क्षेत्रको नियमित हेलिकप्टर उडानमा देखिएको समस्या अहिले पनि समाधान भएको छैन । सगरमाथा क्षेत्रको नियमित हेलिकप्टर उडान गएको जनवरी १ तारिखदेखि बन्द रहेको छ । तर डेढ महिना बितिसक्दा पनि अझै हेलिकोप्टर उडान नियमित भने हुन सकेको छैन । 

जनवरी १ तारिखदेखि उक्त क्षेत्रमा हेलिकप्टर उडानमा खुम्बु पासाङ ल्हामु गाउँपालिका, स्थानीय युवा समूह लगायत अन्य सङ्घ संस्था तथा सगरमाथा राष्ट्रिय निकुञ्जले प्रतिबन्ध लगाएको थियो । यसरी सबै मिली उक्त क्षेत्रमा हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएपछी हेलिकप्टर कम्पनीहरूले पनि आकस्मिक उडान समेत रोक लगाएका थिए । अहिले पनि उक्त क्षेत्रको हेलिकप्टर उडान बन्द नै छ ।

  • न्युज बहार संवाददाता

थप