Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा ड्रोन, चङ्गा वा बेलुन उडाउन प्रतिबन्ध

  •   २ वर्ष अघि | १० असोज २०८१, बिहिबार

असोज १०, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सुचना जारी गर्दै विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा ड्रोन, चङ्गा वा बेलुन उडाउन प्रतिबन्ध लगाइएको छ । उक्त क्षेत्रमा लेजर लाइट समेत प्रयोग गर्न प्रतिबन्ध गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गरी लेजर लाइट प्रयोग नगर्न, चङ्गा, ड्रोन वा बेलुन नउडाउन भनेको हो ।

नेपालीहरुको महान चाड दशैँ नजिकिएसँगै चङ्गा उडाउने कार्य बढ्दै जाने भएकोले हवाई सुरक्षामा गम्भीर असर पुग्नसक्ने अधिकारीहरुको भनाइ रहेको छ । त्यसैले सूचनाको पालना गर्दै चङ्गा, बेलुन वा ड्रोन हवाई जहाज उड्ने क्षेत्रमा नउडाउन भनिएको हो ।

नागरिक उड्डयन कार्यालयका अनुसार यदि कसैले यो सूचनाको अवज्ञा गरे/गराएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने छ ।

  • न्युज बहार संवाददाता

थप