Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

बर्खा लागेसँगै पोखरा–जोमसोम हवाई उडान २ महिनाका लागि बन्द

  •   १ वर्ष अघि | १३ असार २०८२, शुक्रबार

असार १३, मुस्ताङ । पोखराजोमसोम हवाई उडान दुई महिनासम्मका लागि बन्द गर्ने निर्णय वायुसेवा कम्पनीले गरेको छ। बर्खाको समयमा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि यस्तो निर्णय लिइएको कम्पनीहरुले जनाएका छन। 

यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको उक्त रुटमा नियमित उडान भर्दै आइरहेको तारा एअरलाइन्सको ट्वीनेटर जहाजका कम्पनीका जोमसोम स्टेशन इञ्चार्ज सुजन लालचनले जनाएका छन। ताराले अब आगामी सेप्टेम्बरको पहिलो सातादेखि मात्र उडान पुनः सञ्चालन गर्नेछ। 

त्यस्तै उक्त रुटमा समिट एअरलाइन्सले पनि यही असार २० गतेदेखि दुई महिनाका लागि हवाई उडान बन्द गर्ने जनाएको हो। एक हप्तापछि २ महिनाका लागि पोखराजोमसोम हवाई उडान बन्द गर्ने निर्णय भएको जोमसोमस्थित समिट एअरलाइन्सका स्टेशन इञ्चार्ज सुमन थकालीले बताएका छन।

  • न्युज बहार संवाददाता

थप