चैत १४, काठमाडौँ। काठमाडौंको
रानीपोखरी क्षेत्रलाई सर्वसाधारणका लागि खुला गरिएको छ।
काठमाडौं महानगरपालिकाले यही गएको
फागुन २७ गतेदेखि
बिहान ६ बजेदेखि ८ बजेसम्म सर्वसाधारणका लागि रानिपोखरी खुला गरेको छ।
रानीपोखरी
क्षेत्र सर्वसाधारणका लागि खुला गरेपछि हिजोआज त्याहाँ मानिसहरूको चहलपहल पनि बढ्न
थालेको छ।
स्थानीय बासिन्दाहरु पनि रानीपोखरी
खुलेसँगै खुसी भएका छन्।
रानीपोखरी
क्षेत्र आजभोली असन, जमल, दरबारमार्ग लगायतका स्थानका
स्थानीयहरूलाई मनिङ वाक गर्न पनि स्थान बनेको छ, ।
यसअघि
भाइटीका र छठ पर्वमा मात्र खुला गरिँदै आएको रानीपोखरी पहिलो पटक सर्वसाधारणको
लागि दिनहुँरूपमा खुला हुन थालेको हो। रानीपोखरीमा छिर्न कुनै पनि शुल्क लागदैन
।
- न्युज बहार संवाददाता