Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पोखराको हट एयर कम्पनि बेलुन नेपालद्वारा थाइल्याण्डमा सम्पन्न 'इन्टरनेसनल बेलुन फियस्ता २०२४' मा सहभागीता

  •   ३ वर्ष अघि | ८ फाल्गुन २०८०, मङ्लबार

फागुन ८, पोखरा । पोखराको हट एयर कम्पनि बेलुन नेपालद्वारा थाइल्याण्डमा सम्पन्न 'इन्टरनेसनल बेलुन फियस्ता २०२४' मा सहभागीता जनाएको छ।

नेपालको प्रतिनिधित्व गर्दै पोखराको बेलुन नेपाल कम्पनीका अध्यक्ष बिक्रम बाडे र निर्देशक बि बि ढकाल गत बुधबारदेखि थाइल्याण्डको सबैभन्दा चिसो सहर च्याङराईमा आयोजना भएको पाँच दिने सो फेस्टिभलमा सहभागी भएका हुन्।

उक्त फेस्टिभलमा २० व्यवसायिक तथा ६० वटा मिनी सहित ८० वटा बेलुन उडाइएको थियो। जसमा नेपालसहित १२ वटा मुलुकका बेलुन कम्पनीको सहभागीता रहेको थियो।

निर्देशक ढकालका अनुसार उक्त कार्यक्रममा विभिन्न बेलुनमा २० वटा मुलुकको राष्ट्रिय झण्डा फहराइएको थियो भने त्यी मध्ये एउटा बेलुनमा नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो ।

यस कार्यक्रममा हरेक दिन विभिन्न किसिमका प्रतियोगितात्मक खेल आयोजना गरिएको थियो।

निर्देशक ढकालले विभिन्न किसिमका प्रतियोगितात्मक खेलको पर्यवेक्षकको रूपमा बेलुन नेपाल कम्पनीले सहभागीता जनाएको थियो ।

  • न्युज बहार संवाददाता

थप