Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

'पालुङ–आग्रा ट्रेकिङ रूट' ट्रेकिङमा रूची राख्नेहरूका लागि नयाँ गन्तव्य।

  •   ३ वर्ष अघि | २९ असार २०८०, शुक्रबार

असार २९, हेटौँडा। पर्यटन प्रवर्द्धनका लागि मकवानपुर थाहा नगरका स्थानीयले  'पालुङ–आग्रा ट्रेकिङ रूट'को विकास गरेका छन्।

ट्रेकिङमा रूची राख्नेहरूका लागि यो रूट बिल्कुलै नयाँ हो। काठमाडौँबाट नौबिसे हुँदै सडक दुरीमा ६५ किलोमिटर, चित्लाङ–थानकोट हुँदै करिब ३५ किलोमिटर र हेटौंडाबाट ६५ किलो मिटरको दुरीमा थाहानगरको मुख्य व्यापारिक केन्द्र शिखरकोट रहेको छ।

 यो ट्रेकिङ रूटको शुरूवात साविक दामन गाउँ विकास समितिको शिखरकोटबाटै सुरू हुने र अधिकांश भू–भाग पालुङ र आग्रा क्षेत्रमा पर्ने भएकोले यसलाई 'पालुङ–आग्रा ट्रेकिङ रुट' भनिएको हो।

नगरपालिकाले यो यात्रामा ऐतिहासिक, धार्मिक तथा प्राकृतिक यात्रा हुने भएकोले अन्य ट्रेकिङमा भन्दा फरक हुने जनाएको छ।

यहाँको अर्को विशेषता भनेको यात्राको क्रममा हुने परिवर्तित मौसम हो।

ट्रेकिङको शुरूवातमै थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको शालिक र उनको जीवनीबाट सुरू हुन्छ। शिखरकोट नजिकै रहेको विकास घरको आँगनमा उनको पूर्ण कदको शालिक छ। थाहा आन्दोलनको अनुसन्धानकै धरोहर रुपचन्द्र विष्टले बनाएको विकास घर शालिककै आडमा छ।

शिखरकोटबाट करिब २ किलोमिटरको पैदलयात्रापछि पालुङको पाण्डुकेश्वर मन्दिर पुग्न सकिन्छ।

डाँडै डाँडाको यात्रामा झुरुप्प परेको वस्ती, खुलेको पालुङ फाँट र मौलिक परम्परा यहाँको विशेषता हो।

यो यात्राको मुख्य मनमोहक दृश्य भनेको यात्रा गर्दै गर्दा आग्राको उनीउ चौर हो। यसलाई याहाँको मुटु भन्दा पनि फरक पर्दैन।


  • न्युज बहार संवाददाता

थप