Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुन्तला महोत्सव सुरु, धेरै खाने प्रतियोगिता आयोजना हुँदै

  •   ३ वर्ष अघि | १६ पुस २०८०, सोमवार

पुस १६, मुग्लिन। आजदेखि चितवनको इच्छाकामना गाउँपालिकामा सुन्तला महोत्सव सुरु भएको छ । उक्त सुन्तला महोत्सव सुन्तलाको बजारीकरण गर्न आयोजना गरिएको हो। गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित ढाप, तोक्दाङ, सिरानगाउँ, डोडे, माझगाउँलगायत गाउँलाई  समेटेर सुन्तला महोत्सव हुन लागेको हो । यो महोत्सव तीन दिनसम्म चल्ने छ ।

गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले स्थानीय किसानले उत्पादन गरेको सुन्तलाको बजारीकरण तथा प्रोत्साहनका लागि पहिलोपटक सुन्तला महोत्सव आयोजना जानकारी दिएका छन । 

गुरुङका अनुसार महोत्सवमा आउने पर्यटकले आफैँ बोटमा चढेर सुन्तला टिपेर खान पाउने व्यवस्था गरिएको छ भने गाउँपालिकाभित्रका अत्यधिक सुन्तला उत्पादन हुने गाउँलाई समेटेर महोत्सव आयोजना गरिएको हो । 

गुरुङले भने, “महोत्सवमा आउने पर्यटकहरुले आफैँ बोटमा चढेर सुन्तला टिपेर खान पाउने व्यवस्था गरिएको छ ।” उहाँको भनाइ अनुसार गाउँपालिकाभित्रका अत्यधिक सुन्तला उत्पादन हुने गाउँलाई समेटेर महोत्सव आयोजना गरिएको हो । 

यस महोत्सवमा सुन्तला धेरै खाने प्रतियोगितासमेत आयोजन गरिनेछ भने पाहुनालाई स्थानियले बनाएका परिकार खुवाउने तथा  स्थानिय चेपाङ तथा गुरुङ समुदायको कला संस्कृति झल्किने झाँकी पनु प्रस्तुत गरिने छ ।  

  • न्युज बहार संवाददाता

थप