Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

उत्कृष्ट पर्यटकीय गन्तव्यमध्ये एक चितवनको जलविरे झरना ।

  •   ३ वर्ष अघि | ३ भदौ २०८०, आइतवार

भदौ ३, भरतपुर ।   उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक हो चितवनको जलविरे झरना । चितवनको इच्छाकामना गाउँपालिका६ जलविरेमा अवस्थित यस झरनामा पुग्ने पर्यटकले शीतलताको छुट्टै आनन्द महसुस गर्ने गर्दछन । पूर्वाधारहरुको निर्माणपछि पर्यटकको चहलपहल बढेको पनि उक्त झरनामा बढेको छ ।

यस झरना क्षेत्रमा झरनाको अवलोकन सहित अन्य पर्यटकीय गतिविधिहरु जस्तै क्यानोनिङ (छाँगावरोहण) र क्लाइम्बिङ, स्लाइडिङ, स्विमिङ, हाइकिङ र जम्पिङ  हुने गरेका छन । यस्ता पर्यटकीय गतिविधिहरुका लागी काठमाडौँ र बाहिरी देशका समेत पर्यटक यहाँ आउने गरेका छन् । विदेशीका लागि क्यानोनिङ प्रतिव्यक्ति रु पाँच सय, वनभोजको रु एक हजारदेखि तीन हजारसम्म र फिल्म सुटिङको रु तीन हजारदेखि पाँच हजारसम्म लिने गरिएको छ ।

जलविरे झरना अहिले गाउँपालिकाका लागि आम्दानीको स्रोतसमेत बनेको छ । आर्थिक वर्ष २०७९-८० मा झरना देखाएर गाउँपालिकाले रु २८ लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ । यहाँ आउने पर्यटकबाट रु ५० शुल्क लिने गरिएको छ । गाउँपालिकाले स्थानीय र विद्यार्थीलाई भने प्रवेश शुल्क रु २० लिने गरेको जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप