फागुन २४, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल
एयरलाइन्सले आज अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी नयाँ इतिहास बनाएको छ । नेपाल एयरलाइन्सको आजको दुबई देखि काठमाडौं
रुटमा उडेको जहाजको सबै क्रु मेम्बर महिला रहेका छन। उक्त एयरलाइन्सलाई पाइलट भावना पन्त र को-पाइलट सृजना
रावतले उडाएका हुन।
यस एयरलाइन्समा
एयरहोस्टेस समेत सबै महिला राखेसँगै यो उडानको सम्पूर्ण जिम्मेवारी महिलाले
सम्हालेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज
काठमाडौँ ल्याण्ड गरेपछी यो टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन
किरातीले स्वागत गरेका छन।
दुई दिन
अगाडि काठमाडौँबाट दुबई पनि यही चालक दलको यसै जोडीले लगेको थियो। जुन आफैंमा
इतिहास बनेको थियो। आज विश्वभर नारी दिवस मानाईरहदा यही अन्तर्राष्ट्रिय महिला
दिवसको अवसर पारेर नेपाल एयरलाइन्सले यो संयोग जुराएको हो।
- न्युज बहार संवाददाता