माघ २३, काठमाडौँ । क्यान्सर पीडित बिरामीहरूलाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नि:शुल्क हवाइ सेवा दिँदै आएको छ।
सामाजिक
उत्तरदायित्त्व अन्तर्गत निगमले पीडित परिवारलाई राहत दिने उद्देश्यले पीडितलाई शत
प्रतिशत छुट र कुरूवालाई ५० प्रतिशत छुट सेवा दिँदै आइरहेको छ। यस सेवा प्रयोग गर्न चाहाने
पिडितका लागि डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिस भने
आवश्यक रहन्छ ।
निगमका
अनुसार सन् २०२३ मा निगमले सोही सिफारिसको आधारमा काठमाडौँ-दिल्ली-काठमाडौँ
गन्तव्यमा ७७० जनाले नि:शुल्क हवाइ सेवा लिइसकेका छन ।
- न्युज बहार संवाददाता