Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु

  •   २ वर्ष अघि | १६ माघ २०८०, मङ्लबार

माघ १६, नेपालगञ्ज । कैलाश मानसरोवरसम्मका लागि नेपालगञ्जबाट हिमाली उडान माउण्टेन फ्लाइटसुरु भएको छ । माउण्टेन फ्लाइटविभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा सुरु भएको हो । दुई दिनअघि नै गर्ने भनिएको उडान खराव मौसमका कारण सोमबार मात्र सम्भव भएको हो । गत शनिबार अत्यधिक चिसो र बाक्लो हुस्सुका कारण भिजीबिलीटीकमहुँदा उडान हुन सकेको थिएन ।

व्यवसायीहरुका अनुसार भारतीय पर्यटकका लागि कम्तीमा एउटा उडान भयो भने पनि त्यसले पर्यटकीय चहलपहल बढाउन मद्दत पुग्नेछ । पर्यटकलाई यस उडानबाट कैलाश मानसरोवर जाँदा त्यहाँको आर्कषक दृश्यले लोभ्याउनेछ । लामो समयको प्रयासपछि हिमाली उडान सुरु भएकामा खुसी व्यक्त गर्दै पर्यटन व्यवसायी डा ओम मिश्रले नेपालगञ्ज पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको बताएका छन ।

भारतीय पर्यटकसहितको हिमाली उडानले नेपालगञ्जको खस्कँदो व्यवसायलाई राहत मिल्ने र पर्यटनको क्षेत्रमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त पर्यटन व्यवसायीहरुले गरेका छन । 

 

  • न्युज बहार संवाददाता

थप