Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

२०२३ मा १० लाख बढी पर्यटकले घुमे नेपाल

  •   ३ वर्ष अघि | १६ पुस २०८०, सोमवार

पुस १६, काठमाडौँ । सरकारको सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा भएको छ।

२०२३ मा नेपाल घुम्न आउने पर्यटकको संख्या १० लाख नाघेसँगै लक्ष्य पूरा भएको हो।

२०१९ मा यसअघि सन् अहिलेसम्मकै सबैभन्दा धेरै अर्थात ११ लाख ९७ हजार १९१ पर्यटक भित्रिएका थिए।

सरकारले सन् २०२३ मा भने १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो भने १० लाख १४ हजार ८७४ पर्यटक वर्षभरिमा घुम्न आएका पर्यटन बोर्डको तथ्यांकले जनाएको छ ।

सन् २०२३ को जनवरीमा ५५ हजार ०७४ र फेब्रुअरीमा ७३ हजार २५५ पर्यटक भित्रिएका छन्। मार्चमा पर्यटकको संख्या बढेर ९९ हजार ४२६ पुगेको थियो।

यस वर्ष नेपालमा अमेरिकी र भारतीय पर्यटकको आगमन उत्साहजनक देखिएको छ ।

  • न्युज बहार संवाददाता

थप