चैत ११, काठमाडौँ । मनाङ एयरले आफ्नो नयाँ हेलिकप्टर सार्वजनिक गरेको छ।
मनाङ एयरका
अनुसार सन् २०२३ मा एयरबस कम्पनीले उत्पादन गरेको एच १२५ (बिथ्रिई) हेलिकप्टर काठमाडौँस्थित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।
कम्पनीको
तयारी अनुसार यो हेलिकप्टर दुई सातापछि उडाइने छ भने यो हेलिकप्टर ४७ करोड लगानीमा
ल्याइएको हो । कम्पनीका एक अधिकारीले छिट्टै अर्को हेलिकप्टर पनि थप्ने जनाकरी
दिएका छन ।
ती
अधिकारीका अनुसार यो हेलिकप्टर यही सिजनमा उडाउनका लागि ल्याइएको हो र अबको करिब
१५ दिनमा सबै तयारी पूरा गरेर उडानमा आउनेछ । कम्पनिले अर्को सिजनका अक्टोबरसम्मका
लागि थप एउटा हेलिकप्टर ल्याउने तयारी गरिरहेका छ ।
यो कम्पनीको जाहाज गत असोजमा सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा
परेपछि जाहाजमा कुनै पनि जाहाज नरहेको अवस्थामा थियो।
- न्युज बहार संवाददाता