पुस ५, पोखरा
। पोखरामा लेखनाथ महोत्सव आजदेखि सुरु हुँदै छ । महोत्सव आयोजना स्थानीय उत्पादनको
विकास र बजारीकरणका लागि गरिएको हो । तालचोकमा १६ गतेसम्म १९ औँ संस्करणको महोत्सव
जारी रहनेछ ।
सुन्तला
बेच्ने क्रममा सुरु भएको मेला अहिले राष्ट्रिय स्तरको महोत्सव भएको छ । महोत्सवमा
३ सय ३४ स्टल रहने छन भने २ लाख ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको
छ । करिब ९ करोड बराबरको आर्थिक कारोबार महोत्सवमा हुने अपेक्षा गरिएको छ ।
- न्युज बहार संवाददाता