Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

खुम्बु क्षेत्र पर्यटकले भरिभराउ

  •   १ वर्ष अघि | १० बैशाख २०८२, बुधबार

वैशाख १०, काठमाडौँ । यतिबेला विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र पर्यटकले भरिएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका अनुसार गएको सोमबार मात्रै करिब सात सय पर्यटक खुम्बु प्रवेश गरेका छन । 

सोमबार छ सय ९४ पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गरेपछि यस क्षेत्रका होटलहरू भरिभराउ भएको निकुञ्जका रेञ्जर विवेक श्रेष्ठले जनाएका छन । रेञ्जर श्रेष्ठका अनुसार छ सय आठ विदेशी र ८६ जना नेपाली पर्यटक सोमबार खुम्बु क्षेत्र प्रवेश गरेका छन । नाम्चेको यात्रामा छ सय ५२ विदेशी र एक सय ५१ जना नेपाली रहेको उनले बताएका छन । 

सगरमाथा आरोही तेम्बाछिरी शेर्पाका अनुसार वसन्तयाममा खुम्बु क्षेत्रमा आएका पर्यटकहरूले होटलमा बास पाउन समेत मुस्किल भएको जनाएका छन । तारा एयर लुक्लाका इन्चार्ज अमृत मगरले मौसम अनुकूल भएसँगै लुक्लामा हवाई उडान बाक्लिएकाले खुम्बु आउने पर्यटकको सङ्ख्या बढेको जानकारी दिएका छन । 

थप