Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

खर्कबाट पर्यटकिय स्थल बनेको स्थान

  •   २ वर्ष अघि | १९ असोज २०८१, शनिबार

असोज १९, म्याग्दी ।   म्याग्दी  जिल्लाको रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको संगममा अवस्थित रहेको टोड्क अहिले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पहिले यस टोड्केमा पशुचौपायाको गोठ लैजाने गर्दथे । तत्कालीन समयमा टोड्केलाई खर्कका रुपमा पनि चिनिने गरिन्थ्यो ।

गाईवस्तुको घुम्तिगोठ राख्ने ठाउँलाई खर्क भनिने गरेकोमा अहिले त्यस क्षेत्रमा प्रचारप्रसार, पूर्वाधार निर्माण, सडक, सञ्चार, विद्युत सुविधा विस्तार भएपछि पछिल्लो समय टोड्के खर्कबाट पर्यटकीय स्थलमा परिणत भएको छ ।

टोड्के समुन्द्री सतहदेखि दई हजार ४३० मिटरको उचाइमा रहेको छ । यो स्थान प्राकृतिक सौन्दर्ययुक्त गन्तव्य हो । टोड्केको पाइने स्वच्छ हावापानी र शान्त वातावरणल याहाँको मुख्य विशेषता हो।  याहाँको वातावरणले मन चंगा बनाएको अनुभव हुन्छ ।  हिमालका सुन्दर दृश्यले झनै मन लोभ्याउँछ । याहाबाट बिहानको घाम झुल्किदा र बेलुका घा अस्ताउँदाको दृश्य झनै मनमोहका देखिन्छ ।

टोड्केमा पुस–माघमा सेताम्मे हिउँ पर्ने गर्छ । लालिगुराँस फुल्ने समयमा पाखा भरी  लालिगुराँसले ढाकेको हुन्छ । टोड्केको थप विशेषता भनेको मगरको पुरख्यौली नाच, यानीमायाँ, सोरठी, भजन कीर्तन, सालैजो र पञ्चेबाजामा रम्न पाउनु हो ।

  • न्युज बहार संवाददाता

थप