Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बिहीबार काठमाडौं-पोखराको उडान खराब मौसमका कारण अवरुद्ध।

  •   ४ वर्ष अघि | ३० चैत्र २०७९, बिहिबार

चैत ३०, काठमाडौँ। बिहीबार काठमाडौं-पोखरा उडान खराब मौसमका कारण अवरुद्ध भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आज दिउँसो १२:१० बजेदेखि नै उडान अवरुद्ध भएको जानकारी गराएको  छ। उडान अवरुद्धभएका कारण यात्रुहरू अलपत्र परेका छन्। 

हाल बुद्ध, यति, सौर्य, श्री एयरलाइन्सले काठमाडौं-पोखरा उडान गर्दै आइरहेका छन्। यसमध्य बुद्ध एयरले मात्र रात्रीकालिन उडान गरिरहेको छ। 

पोखरामा उडानका लागि ३ हजार ८ सय भिजिविलिटी चाहिने तर अहिले दुई हजार भिजिविलिटी मात्र भएको बुद्धका प्रवक्ता दिपेन्द्र कुमार कर्णले बताएका छन भने 'मौसम खुल्यो भने बेलुका ८:१५ सम्म सबै उडान हुनेछन्,' प्रवक्ता कर्णले जानकारी गराएका छन। 

यस्तै बिहीबार काठमाडौं-भरतपुर उडान पनि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी गराएको छ। 

  • न्युज बहार संवाददाता

थप