पुस २८, काठमाडौँ
। नेपालको सङ्घीय राजधानी काठमाडौँलाई विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले संसारको उत्कृष्ट प्राकृतिक
गन्तव्य (नेचर डेस्टिनेसन) का रुपमा घोषणा गरेको छ । सातवटा वर्गमा ट्रिप
एडभाइजरले ‘ट्रिप
एडभाइजर ट्राभलर च्वाईस–२०२४’ घोषणा गर्दै काठमाडौँलाई पहिलो
सूचीको प्राकृतिक गन्तव्य– २०२४ मा
राखेको हो ।
काठमाडौँ
विश्वका उत्कृष्ट १० प्राकृतिक गन्तव्यमध्ये एक नम्बरमा परेको छ । ट्रिप एडभाइजरका
अनुसार सन् २०२४ मा उत्कृष्टमध्ये गन्तव्यका सातवटा वर्गमा गन्तव्य घोषणा गरिएको छ
। जसमध्ये १० उत्कृष्ट गन्तव्यमा, ट्रेन्डिङ गन्तव्य, सांस्कृतिक गन्तव्य,
प्राकृतिक
गन्तव्य, खाना
गन्तव्य, हनिमुन गन्तव्य र दिगो गन्तव्य समावेश रहेका छन् ।
त्यसैगरी विश्वका उत्कृष्ट २५ गन्तव्यमध्ये ट्रिप एडभाइजरले काठमाडौँलाई
२४ औँ नम्बरमा राखेको छ ।
- न्युज बहार संवाददाता