कार्तिक
५, काठमाडौँ । तीन वटा जहाज खरिदका लागि नेपाल एयरलाइन्स - नेपाल वायुसेवा निगमले बोलपत्र
आह्वान गरेको छ।
निगमले दुर्गम क्षेत्रमा उडानका
लागि तीन जहाज खरिदका लागि बोलपत्र आह्वान गरिएको जनाएको हो।
दुर्गम क्षेत्रमा उडानका लागि निगमले
तीन ट्वीनअटर खरिद गर्न लागेको हो। आन्तरिक स्रोतबाट ती जहाज निगमले खरिद गर्ने
जनाइएको छ।
हाल निगमसँग दुई वटा ट्वीनअटर जहाज आन्तरिक उडानतर्फ रहेका छन्।
- न्युज बहार संवाददाता