Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटको अन्तर्राष्ट्रिय उडान।

पाइलट भावना र कोपाइलट श्रृजना राउतको टोलीले उडान भरेका हुन।

  •   ४ वर्ष अघि | २१ फाल्गुन २०७९, आइतवार

फागुन २१, काठमाडौँ। नेपालको इतिहासमा पहिलो पटक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का दुई जना महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेका छन्। इतिहासमा पहिलो पटक पाइलट भावना र कोपाइलट श्रृजना राउतको टोलीले  उडान गरेका हुन।

आइतबार काठमाडौं बाट दुबईको उडानका लागी इतिहासमा पहिलो पटक दुई महिला पाइलटले सँगै उडान भरेको पाइलट भावना पन्तले बताएकी छन्। 

पाइलट भावना पन्तले यो नेपाली उड्डयन क्षेत्रमा ऐतिहासिक क्षण बनेको बताएकी छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेशबुकमा लेखेकी छन्, ‘नेपाल उड्डयनमा ऐतिहासिक क्षण। नेपाल वायुसेवा निगममा पहिलो पटक दुवै महिला पाइलटले काठमाडौंबाट दुबईको अन्तर्राष्ट्रिय उडानमा सँगै उडान भरेको इतिहास रचिएको छ।’

विगत २५ वर्षदेखि पाइलट भावना नेपालको हवाई क्षेत्रमा आवद्ध छिन्। उनिहरुले आइतबार बिहान १२:०४ को समयमा एयरबस ३२० बाट काठमाडौं-युएई उडान गरेका हुन्। उक्त जहाजमा १५३ यात्रु सवार थिए।

यो टोलीले आगामी बुधबारको उडानमा यात्रु लिएर पुनः काठमाडौं फर्कने निगमले बताएको छ। निगमका अनुसार बुधबारै रहेको अन्तर्राष्ट्रिय महिला दिवस (नारी दिवस) का दिन यो उडानमा सम्पुर्ण चालक दलका सदस्यहरू महिला रहनेछन।

 

  • न्युज बहार संवाददाता

थप