Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अन्तर्राष्ट्रिय सगरमाथा दिवस सगरमाथाको फेदीमा मनाइने

  •   २ वर्ष अघि | १० बैशाख २०८१, सोमवार

बैशाख १०, काठमाडौँ  । सर्वोच्च शिखर सगरमाथाको फेदीमा सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमनत्री हितबहादुर तामाङले सगरमाथा क्षेत्रमै आउँदो जेठ १६ गते १७ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने तयारी भइरहेको जानकारी दिएका छन । 

उनले मन्त्रालयमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा यो वर्ष सगरमाथाको फेदीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन लागिएको बताएका हुन ।

यद्यपि, मन्त्रालयले सगरमाथाको कुन क्षेत्रमा दिवसको कार्यक्रम गरिने भन्ने अहिले यकिन भइनसकेको जनाएको छ । पर्यटनमन्त्री तामाङको संयोजकत्वमा दिवसलाई भव्य रुपमा सफल पार्न मुल समारोह समिति गठन गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप