Breaking News
जापानमा दोस्रो संस्करणको एएमएस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम सम्पन्न    ||     भिटामिन डि समावेश भएका केही खानेकुराहरु    ||     घट्यो सुन र चाँदी दुबैको मुल्य    ||     उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका उपेन्द्र यादवले दिए राजिनामा    ||     सुन लुकाउने नयाँ तरिका, कपडामा सुनको लेपन लगाएर तस्करी    ||     रासायनिक विषादी छोडी जैविक विषादी तर्फ नयाँ अभ्यास गर्दै किसानहरु    ||     लगातार पाँचौँ जित हासिल गर्दै अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लियो रोयल च्यालेन्जर्स बैंगलुरु    ||     आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०१ रुपैयाँ, अन्यको कति?    ||     तिन मौसम प्रणालीको संयुक्त प्रभाव, यी प्रदेशमा वर्षा हुने    ||     गृहमन्त्री लामिछानेले लगाए सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप    ||    

अन्तर्राष्ट्रिय सगरमाथा दिवस सगरमाथाको फेदीमा मनाइने

  •   ३ हप्ता अघि | १० बैशाख २०८१, सोमवार

बैशाख १०, काठमाडौँ  । सर्वोच्च शिखर सगरमाथाको फेदीमा सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमनत्री हितबहादुर तामाङले सगरमाथा क्षेत्रमै आउँदो जेठ १६ गते १७ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने तयारी भइरहेको जानकारी दिएका छन । 

उनले मन्त्रालयमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा यो वर्ष सगरमाथाको फेदीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन लागिएको बताएका हुन ।

यद्यपि, मन्त्रालयले सगरमाथाको कुन क्षेत्रमा दिवसको कार्यक्रम गरिने भन्ने अहिले यकिन भइनसकेको जनाएको छ । पर्यटनमन्त्री तामाङको संयोजकत्वमा दिवसलाई भव्य रुपमा सफल पार्न मुल समारोह समिति गठन गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप