बैशाख
२६, काठमाडौँ । सगरमाथा आरोहणका लागि सन् २०२४ को वसन्त याममा ४ सय १४ जनाले
अनुमति लिएका छन् ।
हालसम्म
४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष गरी चार सय १४ ले अनुमति लिएको पर्यटन
विभागले जनाएको छ।
अघिल्लो
वर्षको यसै समयमा हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहणको अनुमति
लिएका थिए ।
- न्युज बहार संवाददाता