Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आगामी बिहीबार हिमालय एयरलाइन्सले कुनमिङ-पोखरा चार्टर उडान गर्ने

  •   ३ वर्ष अघि | ५ मंसिर २०८०, मङ्लबार

मंसिर ५, काठमाडौँ । आगामी बिहीबार (२३ नोभेम्बर) मा हिमालय एयरलाइन्सले कुनमिङ-पोखरा चार्टर उडान गर्ने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एयरलाइन्सले पोखरामा आगामी शनिबार आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय माउन्टेन कन्ट्री क्रस (मैत्रीपूर्ण दौड प्रतियोगिता)लाई लक्षित गर्दै चार्टर उडान गर्न लागेको हो ।

हिमालयन एयरलायन्स चार्टर उडान गरी प्रतियोगितामा सहभागी हुन खेलाडी, अफिसियल र अन्य पाहुना गरी एक सय चार जना चिनियाँ पोखरा आउने छन्।

उक्त प्रतियोगिता नेपालका लागि चिनियाँ राजदूतावास काठमाडौँ, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्ट्स एसोसिएसन र होटल एसोसिएसन पोखरा सहआयोजना आयोजना हुन लागेको हो। 

  • न्युज बहार संवाददाता

थप