असार १९, काठमाडौँ । स्थलगत नाकाको प्रयोग गरेर माउन्टेन
हेलिकप्टर कम्पनीले चीनबाट हेलिकप्टर आयात गरेको छ।
हेलिकप्टर
कम्पनीका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालका अनुसार हेलिकप्टर बुधबार साँझ
तातोपानी भन्सार नाकामा ल्याइएको हो भने अहिले भन्सार जाँचपासको प्रक्रियामा रहेको
छ।
उडाएर
ल्याउन भन्दा सहज स्थलगत मार्गबाट ल्याउन भएको कारण लरीमा राखेर ल्याइएको भुसालले
जनाएका छन।
भुसालका
अनुसार चीनको सान्छी प्रान्तबाट ल्याइएको हेलिकप्टर तातोपानी आइपुग्न सात दिनको
समय लागेको थियो।
- न्युज बहार संवाददाता